२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

दाहाल -नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने घोषणा

- विशेष खबर बुधबार २१, माघ २०७७ ०१:१५

दाहाल -नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने घोषणा

नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने भएको छ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो। यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए। 

सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड-नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको हो। 

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन्।

संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले भने संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको बताएका छन्।


प्रतिकृया दिनुहोस