२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई आज शपथ गराइँदै

- विशेष खबर बुधबार २१, माघ २०७७ ०८:४७

संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई आज शपथ गराइँदै

काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए ।

राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने उनले जानकारी दिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराउनेछन् ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।


#संवैधानिक निकाय #राष्टपति

प्रतिकृया दिनुहोस