२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

निर्वाचन आयोग पुगेर दाहाल–नेपाल समूहले गर्‍यो आधिकारिकता दाबी

- विशेष खबर मङ्गलबार २०, माघ २०७७ ०१:१९

निर्वाचन आयोग पुगेर दाहाल–नेपाल समूहले गर्‍यो आधिकारिकता दाबी

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।

वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक हो,’ उनले भने । नेता खनालले दलहरुको विवाद निरुपण नगरी आयोग निर्वाचनमा जान नमिल्ने बताए । ‘बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभई कुनै चुनाव हुँदैन,’ खनालले भने, ‘दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई पन्छाएर निर्वाचन हुँदैन ।


प्रतिकृया दिनुहोस