२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नेकपा दाहाल–नेपाल समूहकाे स्थायी कमिटी बैठक आइतबार बस्ने

- विशेष खबर शनिबार १०, माघ २०७७ ०६:२४

नेकपा दाहाल–नेपाल समूहकाे स्थायी कमिटी बैठक आइतबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । 

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिएका हुन् ।

प्रबक्ता श्रेष्ठका अनुसार शनिबारको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार ९ गते काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ ।

प्रवक्ता श्रेष्ठले आइतबार थप एजेन्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । 


#नेपाल कम्युनिष्ट पार्टी

प्रतिकृया दिनुहोस