२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

संसद विघटनविरुद्ध परेका रिट माथि दाेस्राे दिनको सुनुवाइ सुरु

- विशेष खबर सोमबार ०५, माघ २०७७ १२:४२

संसद विघटनविरुद्ध परेका रिट माथि दाेस्राे दिनको सुनुवाइ सुरु

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो ।

अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए ।सर्वोच्चले अब दैनिक रुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा एक दर्जन बढी रिटहरु दायर भएका छन् ।


#संसद विघटन #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस