२०८२ असार १८ गते बुधबार | 2 July, 2025

नाका बन्द गरिदिन प्रदेश १ को माग

आइतबार ०९, चैत २०७६ ११:०६

नाका बन्द गरिदिन प्रदेश १ को माग

विराटनगर — प्रदेश १ का मुख्य नाकामा जोखिम बढेको भन्दै प्रदेश सरकारले नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले सिमानामा आवतजावत हुने सानाठूला सबै नाका बन्द गर्न आग्रह गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

भारतसँग ६० किलोमिटर सिमाना जोडिएको मोरङमा जोगबनी मूल नाकासहित ९ छोटी भन्सार र अन्य १४ वटा गल्ली नाकाबाट आउजाउ हुने गरेको छ ।


प्रतिकृया दिनुहोस