२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्च अदालतकाे आदेश

- विशेष खबर मङ्गलबार २८, पुष २०७७ ०५:१४

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्च अदालतकाे आदेश
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।

शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम बढ्दै गएको सरोकारवालाको चिन्ता थियो ।

विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शिघ्र निर्क्योल हुनुपर्ने बताउँदै आएका थिए ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारुप स्वीकृत गरेपछि देशभरका अधिकांस शिक्षण संस्थामा त्यहीअनुसार पठनपाठन भइरहेको छ । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

याे पनि पढ्नुहाेस

सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै


#सर्वोच्च अदालत #कक्षा ११

प्रतिकृया दिनुहोस