२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

ग्लोबल आइएमईकाे नयाँ शाखारहित बैंकिङ्ग सेवा कञ्चनपुरको कलुवापुर सुरू

- विशेष खबर सोमबार २७, पुष २०७७ ०८:१७

ग्लोबल आइएमईकाे नयाँ शाखारहित बैंकिङ्ग सेवा कञ्चनपुरको कलुवापुर सुरू

काठमाडाैं । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखा रहित बैंकिङ्ग सेवा संचालनमाआएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।

बैंकले कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिकाअध्यक्ष हरि बहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले, संयुक्त रुपमा गरे । उक्तशाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिमा गंगाराम रानालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । 


#ग्लोबल आइएमई बैंक

प्रतिकृया दिनुहोस