२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त

- विशेष खबर सोमबार २७, पुष २०७७ ०८:०५

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यस सँगै अब कोइराला आइएमई लाइफ जीबनबीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमाआयोजित एक विशेष कार्यक्रमकावीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आईएमई लाइफको ब्राण्ड तथायसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छिन् । 

हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली नागरिकहरुलाई आर्थिक सुरक्षा प्रदानगरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारण बोकेको आईएमइ लाइफसँग साझेदारी गर्न पाउँदाखुसि रहेको कुरा बताइन् । साथै, कम्पनीको प्रगतिमा आफुले उत्कृष्ट भुमिकानिर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । 

कोइरालासँगको सहकार्य घोषणा गर्दै आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले भने,'मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदाहामी धेरै उत्साहित छौं । उहाँदृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीकालागिआदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो,आईएमइ लाइफ परिवारमा उहाँलाई स्वागतगर्न पाउँदा हामी खुसी छौं ।' देश भरका जनताहरुमाजीवनबीमाको बारेमाजागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्याउने कुरा कम्पनीले जनाएको छ । 

कम्पनीले यो सम्झौता २०७७पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए। 


प्रतिकृया दिनुहोस