- विशेष खबर आइतबार २६, पुष २०७७ ०३:२४
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताएका थिए । राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए । चारवटा बैठक ७ घण्टा मात्रै बसेका थिए ।
प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन गरिएको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयको पत्रः
प्रतिकृया दिनुहोस