२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना

- विशेष खबर बुधबार २२, पुष २०७७ ०६:४८

ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैकिङ/ग्लोबल स्मार्ट सेवा लिई हाल सम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथामोबाइल टपअप बाहेक) रु. ५० र क्यू आरमार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद(क्यासब्याक)प्रप्त गर्नेछन् । 

ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्नप्रकारका योजनाहरु ल्याउने गरेको छ ।  

यसका साथै ग्लोबल आइएमई बैंक आफ्ना समस्त ग्राहकहरूले ग्लोबल स्मार्ट प्रयोग गर्दै बैंकलाई अनवरत रुपमा साथदिँदै आएकाेमा धन्यवाद ज्ञापन गरेकाे छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ बैदेशिक प्रतिनिधि/सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाटआफ्नाग्राहकतथा सेवाग्राहीहरुलाई सेवाप्रदानगर्दै आएको छ ।
 


#ग्लोबल आइएमई बैंक #क्यासब्याक

प्रतिकृया दिनुहोस