- विशेष खबर मङ्गलबार २१, पुष २०७७ ०६:५७
काठमाडौं । नेकपा (दाहाल–नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु ढुक्क रहेको बताएका छन् ।
काठमाडौंमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु ढुक्क रहेको बताएका हुन् । उनले संविधानको धारा ७६ को कुनै पनि उपधारामा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए ।
'अहिलेको संविधानअनुसार संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । हामी ढुक्क छौं प्रतिनिधिसभा पुनःस्थापना हुन्छ,’ श्रेष्ठले भने ।
सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैं विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको कुनै अधिकार नभएको उनको भनाइ थियो ।
प्रवक्ता श्रेष्ठले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा आफूहरु संघर्ष गरिरहेको र अन्य दलहरुसँग संयुक्त संघर्षका लागि पहल जारी रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस