२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोणमा परिवर्तन आवश्यक छः  वरिष्ठ उपाध्यक्ष ढकाल

- विशेष खबर आइतबार १९, पुष २०७७ ०६:१६

निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोणमा परिवर्तन आवश्यक छः  वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् ।

आज बाग्लुङ बजारमा आयोजित बाग्लुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले यस्तै नीतिकाकारणमा पनि मलेशियाले छोटै समयमा विकास गरेका नमूनाहरुका उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जब सम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी बिस्तार हुन नसक्ने बताए ।

आइएमई ग्रुपकाअध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीकालागि सहजीकरण गर्न र सम्मृद्ध नेपालनिर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए । 

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानीका सम्भावनाहरु भएपनि निजी क्षेत्रको लगानी आउन नसक्ने बताए । उपाध्यक्ष ढकालले भने, 'राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दापनि निरुत्साहित गरेको देखिएको छ ।' 

व्यवसायी जति सबै नाफाखोर मात्र हुन् भन्ने तथा व्यवसायीले राज्यसँग लगानी या व्यवसायमैत्री वातावरण या आफ्नो व्यवासायिक सुरक्षा आदिको माग गर्दा कुनै व्यक्तिका लागि मागे जस्तो व्यवहार राज्यले हेर्ने र परम्परागत दृष्टिकोणहरु अहिले पनि कायमै रहँदा देशमा उद्योग तथा व्यवसायका क्षेत्रमा सहज वातावरण बन्न नसकेको उनको धारणा थियो । 

हाल देशमा पूँजीकाकारण अर्थात् पैसाका कारण कुनै व्यवसायगर्न नसक्ने अवस्था नरहेको उनले बताए ।

ढकालले भने, 'जस्तो कि अहिले कुनै एक सानो कम्पनीको आइपिओ खुल्दापनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्दछ, यसैबाट देखिन्छ कि जनतासँग छरिएर रहेको पूँजी धेरै छ, मात्र त्यसलाई एकतृत गरेर लगानीमा लगाउनुपर्छ ।' 

उनले नेपालमा पूँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको बताए । यसैले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पोरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिकलगानी भित्र्याउने काममा सहजीकरण गर्ने समेत बताए ।


#नेपाल उद्योग वाणिज्य महासंघ #चन्द्रप्रसाद ढकाल

प्रतिकृया दिनुहोस