२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

२५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन

बिहिबार ०६, चैत २०७६ १०:५५

२५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन

काठमाडौँ — सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ ।

विभिन्न सांस्कृतिक तथा सामाजिक काम, पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ।

यसको अनुगमन गृह मन्त्रालय र संस्कृति एवम् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने पनि समितिको निर्णयमा उल्लेछ। साथै यससम्बन्धमा प्रदेश र स्थानीय सरकारलाई पनि अनुगमन गर्न संघीय सरकारले निर्णय गरेको छ।


#कोरोना

प्रतिकृया दिनुहोस