२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

सबै परीक्षा रोक्ने सरकारको निर्णय

बुधबार ०५, चैत २०७६ ०७:४७

काठमाडौं । सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको जानकारी दिएका छन ।

यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ ।

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो ।

तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस