२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

आइएमई प्रेजेन्टस् "डान्सिङ वीथ द स्टार नेपाल”रियालिटी शो बैशाखमा,आइएमई पे भोटिङ्ग पार्टनर

बुधबार ०५, चैत २०७६ ०६:०१

आइएमई प्रेजेन्टस् "डान्सिङ वीथ द स्टार नेपाल”रियालिटी शो बैशाखमा,आइएमई पे भोटिङ्ग पार्टनर

काठमाडौं । बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्वचर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजनयही बैशाखपहिलो सातादेखि प्रसारण हुने भएको छ । 
बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतकाबिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइजलिइहिमालय टेलिभिजनले उत्पादनतथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।

बिश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जनाबिभिन्न क्षेत्रका स्टार प्रतियोगीहुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जनाप्रोफेसनल कोरियोग्राफरले स्टारसागै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जनाहोस्ट र ३ जना निर्णायक हुनेछन ।
दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनकाआधारमा हरेक हप्ता १ जनाकार्यक्रमबाट इलिमिनेट हुादै जाने छन । बिजेताले कुल २५ लाख करसहितनगद र अन्य पुरस्कार प्राप्तगर्नेछन ।

यस कार्यक्रमको प्रमुखप्रायोजकको रुपमाआइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’आबद्ध भएका छन् ।

यसै सम्बन्धमाविशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् "डान्सिङ वीथ द स्टार नेपाल” रहने छ ।

सम्झौताअनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एपमार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’एपमार्फत हुनेछ । 

बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमाबिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजनचलिसकेको छ ।


 


#रियालिटी सो

प्रतिकृया दिनुहोस