२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसकाे देशैभर प्रदर्शन

- विशेष खबर सोमबार १३, पुष २०७७ ०२:२७

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसकाे देशैभर प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।

कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका थिए ।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस