२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो पदमुक्त

- विशेष खबर शनिबार ११, पुष २०७७ ०७:४६

प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो पदमुक्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार शनिबार साँझ मुख्य मन्त्री राईले मन्त्री आङबोलाई पदबाट हटाएका हुन्।

आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन भइरहेको थियो । अविश्वास प्रस्ताव आइतबार दर्ता हुन सक्ने नेकपाको दाहाल–नेपाल समूहका एक नेताले बताएका छन् । आङबो पूर्व माओवादी नेता हुन् । हाल उनी दाहाल–नेपाल समूहमा छन् ।

दाहाल–नेपाल पक्षका सांसदहरुले दुई दिनयता अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पटक पटक छलफल गर्दै आएका छन् ।

नेपाल पक्षबाट प्रदेशसभा सदस्य भीम आचार्यको नाम नयाँ मुख्यमन्त्रीका लागि चर्चामा छन् । दाहाल पक्षबाट मन्त्री आङबोकै नाम पनि चर्चामा छ ।


#प्रदेश १ #मुख्यमन्त्री शेरधन राई #आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो

प्रतिकृया दिनुहोस