२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

मन्त्रिपरिषद् विस्तारः ८ मन्त्री र १ राज्यमन्त्री थपिए (सूचीसहित)

- विशेष खबर शुक्रबार १०, पुष २०७७ ०८:२८

मन्त्रिपरिषद् विस्तारः ८ मन्त्री र १ राज्यमन्त्री थपिए (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ मन्त्री थपेका छन् । प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । त्यस्तै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । 

नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् ।

त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ, हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ

महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ । पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ ।

थपिएका र हेरफेर भएका मन्त्रीहरू-

  • टोपबहादुर रायमाझी- उर्जा

  • मणि थापा- खानेपानी

  • प्रभु साह- शहरी विकास

  • प्रेम आले- वन 

  • गणेश ठगुन्ना- सामान्य प्रशासन 

  • गौरी शंकर चौधरी- श्रम

  • दावा लामा- युवा तथा खेलकुद

  • जुली कुमारी महतो- महिला बालबालिका

  • विमला विश्वकर्मा- उद्योग राज्यमन्त्री

  • भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)

  • हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)

  • लीलानाथ श्रेष्ठ- कानुन

  • शिवमाया तुम्बाहाङ्फे- भूमिसुधार

  • पद्मा अर्याल- कृषि

  • कृष्ण गोपाल श्रेष्ठ- शिक्षा

 


#मन्त्रिपरिषद् विस्तार #धानमन्त्री केपी शर्मा ओली

प्रतिकृया दिनुहोस