२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

मन्त्रिपरिषद् पुनर्गठन हुँदै

- विशेष खबर शुक्रबार १०, पुष २०७७ ०६:४६

मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । संसद विघटनपछि सात मन्त्रालय रिक्त छन् । 

नयाँ मन्त्रीहरुको शपथ साँझ ७ बजे नै हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुँदैछन्।

त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेको वालुवाटार निकट स्रोतले जानकारी दिएको छ।

केही मन्त्रीको कार्यविभाजन भए पनि केहीको बाँकी रहेको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेकपाका (दाहाल–नेपाल) समूहका सात मन्त्रीले राजीनामा दिएका थिए ।


#मन्त्रिपरिषद् #पुनर्गठन

प्रतिकृया दिनुहोस