- विशेष खबर शुक्रबार १०, पुष २०७७ ०२:३९
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
कांग्रेस भ्रातृ संगठन नेविसंघको अयोजनामा सर्वोच्च अदालतअगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीमध्ये सात जनाजतिलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदर्शनमा विद्यार्थीहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनहरूको सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार बिहान पाँच सदस्यीय इजलास गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस