२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

संसद् विघटनविरुद्ध रिटकाे सुनुवाइः काे काे छन् संवैधानिक इजलासमा ?

- विशेष खबर शुक्रबार १०, पुष २०७७ १०:२०

संसद् विघटनविरुद्ध रिटकाे सुनुवाइः काे काे छन् संवैधानिक इजलासमा ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक दर्जनभन्दा बढी निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।

उक्त इजलासले शुक्रबारदेखि निवेदनहरूको सुनुवाइ गर्दैछ । यही इजलासले विघटनको सिफारिस र राष्ट्रपतिको अनुमोदन संविधानसम्मत थियो कि थिएन भन्ने निर्णय पनि सुनाउन सक्नेछ ।

संवैधानिक इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रधानन्यायाधीशले वरीयताक्रमअनुसार नराखी बीचबीचबाट न्यायाधीश छानेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद् विघटन गर्दै वैशाख १७ र २७ मा निर्वाचनमिति घाेषणा गरेकी थिइन् । संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् ।


#सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस