२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

बरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाए आन्दोलन पक्षधर नेताको छुट्टै भेला

बिहिबार ०९, पुष २०७७ ०१:३३

बरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाए आन्दोलन पक्षधर नेताको छुट्टै भेला

काठमाडौं । संसद विघटनको पक्षमा रहेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति जारी रहेका बेला आफ्नो पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् । अहिले अनामनगरमा चलिरहेको भेलामा सडक आन्दोलनमा जानुपर्ने पक्षमा रहेका नेताहरुलाई बोलाइएको छ । 

पौडेलनिकट स्रोतका अनुसार भेलामा महामन्त्री शशांक कोइरालाका अलावा नेताहरू प्रकाशमान सिंह, गगन थापा तथा शेखर कोइराला लगायत उपस्थित छन् ।जारी केन्द्री समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षले आन्दोलनमा जाने कुराको विरोध गर्दै चुनावको तयारी गर्नुपर्ने बताएपछि पौडेलले बेग्लै भेला गरेको एक केन्द्रीय सदस्यले बताए । बुधबारको बैठकमा आन्दोलनमा जाने विषयमा सभापति देउवासँग पौडेलको चर्काचर्की परेको थियो । देउवाले निर्वाचन आयोगले चुनाव चिन्ह नदिँदासम्म नेकपा फुटेको नहुने भन्दै नेकपा नफुटी आन्दोलनमा जान नहुने बताएका थिए ।

तर, पौडेल, गगन थापा, रामशरण महत र महेश आचार्यलगायतले संसद विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जानुपर्ने बताएका थिए । केन्द्रीय कमिटी बिहीबार पनि बस्दैछ । बिहीबारको बैठकले एक दिने आन्दोलनको घोषणा गर्ने सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन् ।


#रामचन्द्र पौडेल

प्रतिकृया दिनुहोस