- विशेष खबर बिहिबार ०९, पुष २०७७ ०१:११
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी छन्। बिहीबार बिहान साढे नौ बजे राजदूत होउ दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेकी थिइन् । दाहाल र होउबीच केहीबेर मात्रै भेटवार्ता भएको थियो ।
दाहाल र होउबीच समसामयिक विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ । राजदूत होउले संसद् विघटनपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् ।
यसअघि नेकपामा विवाद हुँदा राजदूत होउले नेताहरुलाई भेटवार्ता गर्ने गरेकी थिइन् । सरकारले संसद् विघटन गरेपछि नेकपा पनि विभाजन भएको छ ।
प्रतिकृया दिनुहोस