२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

सरकारका बिरूद्ध देशब्यापी प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

- विशेष खबर बुधबार ०८, पुष २०७७ ०५:५६

सरकारका बिरूद्ध देशब्यापी प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरूद्ध प्रदर्शन गर्ने तयारी गरेको छ।

बिहीबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकले सरकारविरूद्ध प्रदर्शनबारे निर्णय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा भंग गरेकोमा उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।  पार्टीबाट प्रधानमन्त्रीको उक्त कदमविरूद्ध शशक्त प्रतिरोध गर्नुपर्ने कांग्रेसका केन्द्रीय सदस्यहरूले धारणा राख्दै आएका छन्।

मंगलबार र बुधबार गरी अहिलेसम्म ८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। आज बोलेका केन्द्रीय सदस्य गगन थापाले ओलीको असंवैधानिक कदमविरूद्ध सडकबाट प्रतिरोध गर्नुपर्ने बताएका छन्।

यसअघि मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ओलीको कदमविरूद्ध शशक्त प्रदर्शन गर्नुपर्ने बताएका थिए। केन्द्रीय समिति बैठक बिहीबार १ बजे पुन: बस्ने गरी आजलाई स्थगित भएको छ।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस