२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

माधव नेपालले भने- हामिहरुको बैठक आधिकारिक हाे

- विशेष खबर मङ्गलबार ०७, पुष २०७७ ०३:०६

माधव नेपालले भने- हामिहरुको बैठक आधिकारिक हाे

काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको बैठक आधिकारिक भएको बताएका छन् ।

मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले बालुवाटारमा सानो गुटको भेला भएको उल्लेख गर्दै आफूहरुको भेला नै आधिकारिक रहेको बताएका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।

नेता नेपालले मंगलबारको बैठक स्मरणीय समते हुने बताए । उनले भने, 'अध्यक्ष ओली सचिवालय र स्थायी कमिटीको बैठकमा उपस्थित हुनुहुन्‍न । तर आगामी बैठकमा उहाँहरु हुनुहुनेछ ।'

नेता नेपालले नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको बताए । उनले बालुवाटार बैठकको वैधता समेत नरहने बताए ।


प्रतिकृया दिनुहोस