२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

ओली समुहकाे केन्द्रीय कमिटी बैठक सुरू, गौतम र थापा गएनन्

- विशेष खबर मङ्गलबार ०७, पुष २०७७ ११:३५

ओली समुहकाे केन्द्रीय कमिटी बैठक सुरू, गौतम र थापा गएनन्

काठमाडाैं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।

रायमाझी र थापा सोमबारसम्म कतै खुलेका थिएनन् । तर, बालुवाटारको भेलामा उपस्थित भएर आफ्नो कित्ता स्पष्ट गरेका छन् । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा सहभागी छैनन् । ओलीले बोलाएको कैन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । 

बैठकमा उपस्थित नभएका गौतम र थापा भने आफ्नो निवासमा रहेको उनीहरु निकट स्रोतले बतायो । बालुवाटार बैठकमा पूर्वमाओवादी समूहका नेता टोपबहादुर रायमाझी र मणि थापा भने सहभागी छन् ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्न सक्ने एक नेताले बताए । बैठकले केन्द्रीय कमिटीमा नयाँ सदस्य पनि मनोनयन गर्ने भएको छ ।


#नेकपा #प्रधानमन्त्री केपी शर्मा ओली #अध्यक्ष पुष्पकमल दाहाल #वरिष्ठ नेता माधवकुमार नेपाल

प्रतिकृया दिनुहोस