२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

ग्लोबल आइएमई बैंकका थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

- विशेष खबर सोमबार ०६, पुष २०७७ ०८:३०

ग्लोबल आइएमई बैंकका थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा  शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा कार्यालय संख्या २४१ पुगेको छ ।

बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलिएको शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाकाअध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्त रुमा गरेका थिए । उक्त शाखा रहित बैंकिङ्ग सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल ट्रेडर्सलाइ नियुक्त गरिएको छ । 

यसैगरी बाग्लुङ्ग जिल्ला काठेखोला गाँउपालिका वडा नं. ८ लेखनीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बाग्लुङ्ग चेम्बर अफ कमर्सकाअध्यक्ष युवराज भण्डारीले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेललाई नियुक्त गरिएको छ ।

शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानीगर्ने लगायतका सेवालिन सक्नेछन् । 


#ग्लोबल आइएमई बैंक #शाखा रहित बैंकिङ्ग सेवा

प्रतिकृया दिनुहोस