- विशेष खबर सोमबार ०६, पुष २०७७ ०७:२९
काठमाडौं । नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फाेटा जलाएर विरोध प्रदर्शन गरेको छ।
सोमबार साँझ राजधानीको शंकरदेव क्याम्पस अगाडि नेवि संघले संसद् विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको हो।
विरोध प्रदर्शनमा बोल्दै नेविसंघ नेता रत्नहरि ढुंगेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आपत्ति जनाए ।
कांग्रेसले राणादेखि राजालाई फालेको भन्दै केपी ओलीको अधिनायकवादी शैलीलाई परास्त गरेरै छाड्ने चेतावनी समेत दिए ।
विराेध कार्यक्रमकाे संयाेजन शंकरदेवका नेविसंघ नेता दिपक ओझाले गरेका थिए ।
प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरेपछि देशभर आन्दोलन चर्किएको छ। विपक्षी दलका साथै सत्तारुढ नेकपाका नेता कार्यकर्तासमेत सडकमा उत्रिएका छन्।
प्रतिकृया दिनुहोस