२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

प्रधानमन्त्री ओलीले आफ्नो पक्षका सांसदलाई बोलाए बालुवाटार

- विशेष खबर सोमबार ०६, पुष २०७७ ०८:२१

प्रधानमन्त्री ओलीले आफ्नो पक्षका सांसदलाई बोलाए बालुवाटार

काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय सांसदलाई वालुवाटार बोलाएका छन्।

संसद विघटनपछिको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सांसदहरूलाई बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री ओलीले सोमबार बिहान साढे ९ बजे सांसदलाई बोलाएको एक सांसदले जानकारी दिए।

'९ बजे प्रधानमन्त्रीज्यूले वालुवाटार बोलाउनुभएको छ। संसद विघटन र निर्वाचनका बारेमा छलफल गर्न बोलाउनुभएको होला,’ ती सांसदले भने।

यसैबिच प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले अब  पार्टी फुट्ने जानकारी दिए।

'अब पार्टी फुटको दिशामा गइसकेको छ। औपचारिक घोषणा हुन मात्रै बाँकी हो,’ उनले भने, ‘नेकपा फुट्छ र निर्वाचन पनि हुन्छ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरूलाई बोलाएको ती सांसदले जानकारी दिए ।

प्रधानमन्त्रीले आफू निकट केही सांसद र नेताहरूसँग भने आइतबार साँझ छलफल गरेका छन् ।


#नेकपा

प्रतिकृया दिनुहोस