- विशेष खबर आइतबार ०५, पुष २०७७ ०५:४८
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ । यस्तै, बैठकले सरकारको संसद विघटनको भर्त्सना गरेको छ ।
सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नुपनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको छ । श्रेष्ठका अनुसार नेकपाले कानुनी उपचार खोज्ने भएको छ ।
बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । यस्तै, मंसिर ७ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ ।
प्रतिकृया दिनुहोस