२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

ग्लोबल आइएमई बैंक र त्रिवि पनिकाबीच सम्झौता

- विशेष खबर आइतबार ०५, पुष २०७७ ०१:२७

ग्लोबल आइएमई बैंक र त्रिवि पनिकाबीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय(प.नि.का.) बल्खु बीच बैंकले प्रदानगर्ने सेवा सुविधाहरु सम्बन्धीसम्झौता नविकरण भएको छ ।

उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखाकार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्रअनुरुपत्रिभुवनविश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलनगर्ने व्यवस्थाका साथै त्रि.वि.अन्तर्गत क्याम्पसहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट शुल्क जम्मागर्न मिल्नेछ।

त्रि.वि.काविद्मार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खु स्थित काउन्टर लगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ ।

यसका साथै उक्त काउण्टरबाट प.नि.का.मा कार्यरत कर्मचारीहरुको बचत खाताखोल्ने, चेक सटही सुविधाप्रदानगर्ने, नगद एवं चेक जम्मा लिने / दिनेलगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।


प्रतिकृया दिनुहोस