- विशेष खबर आइतबार ०५, पुष २०७७ १२:५४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्। मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका छन् । त्यही विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो । उक्त प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गरिसकेकी छैनन् ।
प्रतिकृया दिनुहोस