२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

प्रधानमन्त्रीविरुद्ध पाेखरामा नाराबाजी

- विशेष खबर आइतबार ०५, पुष २०७७ १२:४९

प्रधानमन्त्रीविरुद्ध पाेखरामा नाराबाजी

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन थालेका छन् ।

प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले आन्दोलन थालेका हुन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।

उनीहरुले केपी ओलीकाविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् ।

जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन् ।

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

समाजवादी विद्यार्थी संगठनका नेता रेशम सापकोटाले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ बिरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भए झैं प्रधानमन्त्री विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भएको बताए ।

 


प्रतिकृया दिनुहोस