- विशेष खबर आइतबार ०५, पुष २०७७ १२:३३
काठमाडाैं। नेपाली कांग्रेसले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाएको हो।
कांग्रेस सभाति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आकस्मिक बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई बोलाइएको देउवाले बताए।
उक्त बैठकले संसद विघटनको सिफारिसमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने देउवाले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए।
प्रतिकृया दिनुहोस