२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

संसद् बिघटनकाे निर्णय असंवैधानिक र अलाेकतान्त्रिकः गगन थापा

- विशेष खबर आइतबार ०५, पुष २०७७ १२:१३

संसद् बिघटनकाे निर्णय असंवैधानिक र अलाेकतान्त्रिकः गगन थापा

काठमाडाैं । नेपाली कांग्रसका नेता गगन थापाले प्रधानमन्त्रीकाे संसद् बिघटनकाे कदम असंबैधानिक र अलाेकतान्त्रिक भएकाे बताएका छन् । 

समाजिक संञ्जाल फेसबुकमा नेता थापाले लेखेका छन्, 'संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।'

इतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।


प्रतिकृया दिनुहोस