२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय गए प्रधानमन्त्री

- विशेष खबर आइतबार ०५, पुष २०७७ ११:२९

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय गए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।


प्रतिकृया दिनुहोस