२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू

- विशेष खबर आइतबार ०५, पुष २०७७ १०:३२

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबार बिहान सवा १० बजे बालुवाटारमा बैठक सुरु भएको छ । 

बैठकका लागि मन्त्रीहरुलाई केही बेरअघि मात्रै खबर गरिएको र एजेन्डाबारे जानकारी नभएको एक मन्त्रीले बताए ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।


#मन्त्रिपरिषद्

प्रतिकृया दिनुहोस