२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

कांग्रेस र जसपा बैठकः तत्काल संसद् अधिवेशन बोलाउन माग

- विशेष खबर शनिबार ०४, पुष २०७७ ०७:५७

कांग्रेस र जसपा बैठकः तत्काल संसद् अधिवेशन बोलाउन माग

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढालीकण्ठमा भएको भेटमा  संघिय संसद्को अधिवेशन अविलम्ब बोलाउन सरकारलाई दबाब दिने समझदारी भएको छ । 

दुवै दलका शीर्ष नेताहरुबीच सरकारका गलत क्रियाकलाप विरुद्ध संसद्मा एक ठाउँमा उभिने समझदारी पनि भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

भेटमा लोकतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण, कोभिड–१९ को विविध पक्ष र त्यसका कारण सिर्जित आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद्मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ । 

छलफलमा कांग्रेसका तर्फबाट सभापति एवं पूर्वप्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।


प्रतिकृया दिनुहोस