२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवासमा

- विशेष खबर शनिबार ०४, पुष २०७७ ०६:१२

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषयमा जानकारी गराउने उद्धेश्यले प्रधानमन्त्रीले राष्ट्रपतिलाइ भेटेका हुन् ।

यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए ।


#प्रधानमन्त्री केपी शर्मा ओली

प्रतिकृया दिनुहोस