२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

आइएमई ‘भरोसा कोष’ को सहायता रकम हस्तान्तरण

- विशेष खबर शुक्रबार ०३, पुष २०७७ ०४:५७

आइएमई ‘भरोसा कोष’ को सहायता रकम हस्तान्तरण

काठमाडौं । विप्रेषण सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने प्रतिबद्धताका साथ दुई दशकअघि स्थापना भएको आएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका ७९ जनाका परिवारलाई जनही रु ५० हजार प्रदान गरेको छ। 

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण शुरूभएको छ । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । 

शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयूक्त रूपमा काठमाडौंमा उपलब्ध आवेदकहरूलाई चेक हस्तान्तरण गरेका थिए ।

आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाइएको कोषको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि त्यो पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको बताए ।

२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो । 
 


#आएमई लिमिटेड

प्रतिकृया दिनुहोस