२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

अध्यादेश फिर्ता लिइ तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसकाे माग

- विशेष खबर शुक्रबार ०३, पुष २०७७ ०४:३९

अध्यादेश फिर्ता लिइ तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसकाे माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । ‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस्’ बैठकपछि कांग्रेस संसदीय दला प्रमुख सचेतक बालकृष्ण खाँडले भने । 

उनले भने,यो संविधानको व्यवस्था र भावना, मर्म विपरित ल्याएको अध्यादेश तत्कालै सरकारले फिर्ता लेओस् । संविधानको व्यवस्था माथि कुनै खेलवाड नगरोस् । यो स्वीकारयोग्य छैन । फिर्ता हुनुपर्छ ।’

कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन पनि माग गरेको छ ।

कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक खाँडले भने, ‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो ।’


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस