२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

संसद् बैठक अविलम्ब बोलाउन कांग्रेसकाे माग

- विशेष खबर बुधबार ०१, पुष २०७७ ०७:२३

संसद् बैठक अविलम्ब बोलाउन कांग्रेसकाे माग

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेको ठहरसमेत गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरेर सरकारले अलोकतान्त्रिक चरित्र उजागर गरेको आरोप लगाएको छ । 

संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थिति कांग्रेसलाई मान्य नहुने जनाउँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
     
बैठकले संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस संसदीय दल कार्यसमिति बैठक यही पुस ३ गते बोलाउने निर्णय गरेको छ ।

गत मंसिर २९ को देशव्यापी प्रदर्शनले  तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, कोभिड–१९ विरुद्ध सरकारको अकर्मण्यताविरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्षसहित बैठकले सहभागी सबैमा बधाई ज्ञापन गरेको उनले बताए।

बैठकले उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागि सरकारसँग माग गरेको छ ।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस