२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

अन्ततः प्रधानमन्त्री ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत

- विशेष खबर बुधबार ०१, पुष २०७७ ०४:३४

अन्ततः प्रधानमन्त्री ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत
फाइल तस्बिर ।

काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।

स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा भएकाे थियाे ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका छलफलमा सहभागी एक नेताले विशेषखबरलाई जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।


प्रतिकृया दिनुहोस