२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

नेकपा स्थायी कमिटी बैठक सुरू

- विशेष खबर बुधबार ०१, पुष २०७७ ०४:०९

नेकपा स्थायी कमिटी बैठक सुरू
फाइल तस्बिर ।

काठमाडाैं । सत्तारूढ नेकपाको स्थायी समिति बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत उपस्थित छन्। 

राजनीति सग्ल्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटक बैठक बसेपछि प्रधानमन्त्री कमिटि बैठकमा बस्न राजी भएका हुन्।

सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मनमुटाव बढेको थियो ।

प्रतिक्रियारुपमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका सांसदहरुले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय गएका थिए । दाहाल नेपालसमूहले अध्यादेश फिर्ताको माग गरेका छन् ।

ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो ।


प्रतिकृया दिनुहोस