२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

बुधबार कांग्रेसले बाेलायाे पदाधिकारी बैठक

- विशेष खबर मङ्गलबार ३०, मङि्सर २०७७ ०७:४८

बुधबार कांग्रेसले बाेलायाे पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको छ ।

एक बजे बोलाइएको बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी उपस्थित हुने छन् । 

बैठक बुधबार दिउँसो १ बजे देउवा निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

‘उक्त बैठकमा अध्यादेशपछिको अवस्थाबारे छलफल हुनेछ’, उनले भने। 

कोरम नपुगेर पटक-पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले मंगलबार राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस