२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेसकाे प्रष्ट विमतिः सभापति देउवा

- विशेष खबर मङ्गलबार ३०, मङि्सर २०७७ ०६:३०

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेसकाे प्रष्ट विमतिः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताएका छन् ।

सरकारले परिषद् अध्यक्ष (प्रधानमन्त्री)सहित बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको देउवाले बताएका छन् । ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ’ उनले ट्वीट गर्दै भनेका छन्, ‘संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ ।’


#संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

प्रतिकृया दिनुहोस