२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

फेसबुकलाई पछि पार्दै टिकटक सर्वाधिक डाउनलोड हुने एप

एजेन्सी सोमबार २९, मङि्सर २०७७ ०६:४०

फेसबुकलाई पछि पार्दै टिकटक सर्वाधिक डाउनलोड हुने एप

सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ ।

एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेको obile App Trend २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटकले कब्जा गरेको छ ।

अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले पछि पारेको देखिएको छ ।

गत वर्ष सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरुको सूचीमा चौथो स्थानमा रहेको टिकटकले यो पटक तीन स्थान फड्को मार्न सफल हुँदै पहिलो स्थान हासिल गरेको हो ।

एप एन्नीको रिपोर्टअनुसार सन् २०२१ मा विश्वमा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै पुग्नेछ ।

स्मरण रहोस् गत जून महिनामा भारतमा टिकटक प्रतिबन्धित भएको थियो र त्यसबेलासम्म टिकटकका भारतीय प्रयोगकर्ताको संख्या १० करोड थियो ।

पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।

सर्वाधिक डाउनलोड हुने एपको दोश्रो स्थानमा फेसबुक रहँदा तेश्रो स्थानमा ह्वाट्सएप रहेको छ ।

उता कोरोनाकालमा सर्वाधिक लोकपि्रय बनिरहेको भिडियो कन्प|mेन्सिङ एप जूम यो वर्ष सर्वाधिक लोकपि्रय एपहरुको टप फाइभभित्र पर्न सफल भएको छ । विश्वमा सर्वाधिक डाउनलोड हुने एपको चौथो स्थानमा जूम रहेको छ ।

त्यस्तै इन्स्टाग्राम यो वर्ष सबैभन्दा धेरै डाउनलोड भएका एपको पाँचौ नम्बरमा परेको छ ।

रिपोर्टअनुसार छैटौँ स्थानमा फेसबुक मेसेन्जर छ भने सातौँ स्थानमा गुगल मिट रहेको छ । त्यस्तै सबैभन्दा लोकपि्रय एपहरुको आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः स्नापच्याट, टेलिग्राम र लाइकी परेका छन् ।

प्रयोगकर्ताले सबैभन्दा धेरै समय बिताउने एपको सूचीमा चाहिँ टिन्डर पहिलो स्थानमा पर्न सफल भएको छ । यो सूचीमा टिकटक दोश्रो स्थानमा छ भने युट्युब तेश्रो, डिज्नी प्लस चौथो, टेन्सेन्ट भिडियो पाँचौँ तथा नेट्फ्लिक्स छैटौँ स्थानमा रहेका छन् ।


प्रतिकृया दिनुहोस