२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

के के छन् मन्त्रिपरिषद् बैठकका निर्णय ? हेर्नुहाेस

- विशेष खबर बुधबार २४, मङि्सर २०७७ ०८:५१

के के छन् मन्त्रिपरिषद् बैठकका निर्णय ? हेर्नुहाेस

काठमाडाैं । सरकारले विभिन्न विकास परियोजनाका लागि प्राप्त १४ अर्ब १५ करोड सहुलियतपूर्ण ऋण र एक अर्ब १९ करोड अनुदान स्वीकार गरेको छ ।

मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकले उक्त रकम स्वीकार गर्ने निर्णय लिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले दिएको जानकारीअनुसार सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट उक्त रकम विभिन्न परियोजना सञ्चालनका लागि स्वीकार गरेको हो ।

मंसिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन अर्थात करिब १ अर्ब १९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद्को मंसिर १८ गतेको बैठकले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गर्न विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर ८० मिलियन करिब ९ अर्ब ३८ करोड रुपैयाँ सुहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मंसिर १५ गतेको बैठकले पुस १० गते सकिन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यअवधि एक वर्ष थप गर्ने निर्णय पनि गरेको छ ।

सान्जेन जलविुत आयोजनाका लागि रसुवा जिल्लामा निर्माण हुने प्रशारण लाइनको राइट आफ वे को दायाँबायाँ ९/९ मिटर पर्ने निजी जग्गा लगायतका अन्य संरचनाहरूको क्षतिपूर्ति निर्धारण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अध्यक्ष र विद्युत विकास विभागका सीडीई चिरन्जीवी झालाई सदस्य तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए ।

सबै निर्णय हेर्न तलकाे लिकं खाेल्नुहाेस ।

/uploads/mansir15-cabnet-meeting.pdf


प्रतिकृया दिनुहोस