२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

विश्वराज पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

- विशेष खबर बुधबार २४, मङि्सर २०७७ ०३:४३

विश्वराज पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

काठमाडौं । संसदीय समितिले विश्वराज पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकले पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने बताए ।

गृहमन्त्री थापाले मन्त्रालयले ५ डीआईजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआईजीको दरबन्दी थप गर्न भनेको बताए ।

गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई मन्त्रिपरिषद्ले ३ मंसिरमा एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । उक्त पदमा डीआईजी विश्वराज पोखरेललाई बढुवा गर्न समेत सिफारिस भइसकेको छ ।

सत्तारूढ दल नेकपाका सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावल, कांग्रेसका दिलेन्द्र बडू, डिला संग्रौलाले सरकारको निर्णयको विरोध गरेका थिए ।

 


प्रतिकृया दिनुहोस